वीरगंज, २३ माघ । मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद हुँदा एकजनाको मृत्यु भएको छ । शुक्रवार बिहान ७ः३० बजे वीरगंज महानगरपालिका वडा नं. १३...
वीरगंज, २३ माघ । मोटरसाइकल पार्किङ गर्ने विषयमा विवाद हुँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रवार बिहान ७ः३० बजे वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित कर्बाेला अगाडि मोटरसाइकल पार्किङ गर्ने विषयमा वर्ष ६५ का केपी चन्द राउत बरई र वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी बस्ने वर्ष ३२ का मुन्ना भन्ने अर्जुन यादवबीच झगडा भएको थियो ।
विवादमा केपी चन्द राउत बरई गम्भीर घाइते हुनुभएकोमा उपचारको क्रममा तराई अस्पताल, वीरगंजमा बिहान ७ः४५ बजे चिकित्सकले मृत घोषणा गरेको थियो ।
कुटपिटमा संलग्न अर्जुन यादवलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।
मोटरसाइकल पार्किङ गर्ने विषयलाई लिएर उत्पन्न सामान्य विवादले उग्र रूप लिँदा वीरगंज महानगरपालिका १३ राधेमाईका ६५ वर्षीय केपीचन्द्र राउत बरईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राधेमाईस्थित कर्बाेला अगाडी मोटरसाइकल पार्किङ गर्ने विषयमा राउत र यादव बीच विवाद भई कुटपिटमा राउत गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका राउतलाई उपचारका लागि वीरगंजस्थित तराई अस्पतालमा लैजांदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए ।

COMMENTS