वीरगंज, २५ पुस । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले चिकित्सकहरूलाई दरबन्दी भएको ठाउँमा पठाउन मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको र अटेरी गरे कारवाही गरीने बताएका छन् ।
शनिवार पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नम्बर४ मा रहेको प्रादेशिक अस्पताल पोखरियाको उदघाटन कार्यक्रममा बोल्दै उनले पोखरिया अस्पताललाई चाँडै स्तरोन्नति गर्ने बताए ।
पोखरिया अस्पतालका लागि भौतिक संरचना, उपचारको लागि उपकरण, लैब केमिकललगायत आवश्यक जनशक्तिको जतिसक्दो चाँडै व्यवस्थापन गरिने आश्वासन दिए ।
पोखरिया नगरपालीकाको नगरप्रमुख प्रदुमन चौहानले पोखरियाको विकास र पोखरिया अस्पतालको उन्नति प्रगतिको लागी सर्वपक्षीय सहयोगको आवश्यकता रहेको र सहयोग हुनेमा आफु विश्वस्त रहेको बताए ।
पोखरियास्थित रहेको १२ विघा ऐलानी जग्गामा रंगशाला निर्माण गर्ने र पोखरिया नगरपालिका वडा नम्बर ४ स्थित रहेको विशाल हनुमान मन्दिरलाई पर्यटकीय स्थल बनाउनको लागी बजेटको सम्बन्धमा पूर्व मेयर दिपनारायण रौनियार लगायत अन्य वक्ताहरूले प्रस्ताव माँग गरेको र विनियोजित बजेट कम भएको प्रति पत्रमार्फत ध्यानाकर्षण गराए ।
प्रादेशिक अस्पताल विकास समिति अध्यक्ष उमेश प्रसाद चौहानको अध्यक्ष्Fतामा भएको कार्यक्रममा विशिष्ट अतिथी मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री जंगीलाल राय, प्रदेश सरकारका भुमि ब्यवस्था तथा कृषि मन्त्री श्याम पटेल, वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरी, पूर्वमन्त्री जनार्दन सिंह क्षेत्री, पूर्वमन्त्री सुरेन्द्र प्रसाद चौधरी, पूर्व सांसद हरिनारायण प्रसाद रौनियार, मधेश प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेश सांसद प्रमोद जैसवाल, पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान,उप प्रमुख रूवी कुमारी ठाकुर,पोखरिया नगरपालीकाको पुर्व मेयर दिपनारायण प्रसाद रौनियार,पुर्व उप प्रमुख सलमा खातुन, नेपाली कमनिष्ट पार्टीका पनालाल पटेल, राष्ट्रिय मुक्तिक्रान्ति पार्टीका नेता नेजामोदिन समानी, नेपाली काङग्रेसका नेत्री तथा पोखरिया नगरपालीकाको प्रसतावित उप मेयर पदको उमेदवार आशा देवी चौहान, जसपा नेपाल पार्टीका राजु साह, नेपाल रेडक्रस सोसायटी उप साखा पोखरियाका सभापती भगवान प्रसाद कुर्मी, नेकपा एमाले पोखरिया नगर कमिटी सचिव सन्तोष गिरी पोखरिया अस्पतालको मेडिकल सुपरिटेण्डेड आनन्द रौनियार, सशस्त्र प्रहरी वेस केम्प पोखरियाको प्रहरी उपरिक्ष्क सम्भु कटुवाल, इलाका प्रकरी कार्यलय पोखरियाका प्रहरी निरीक्ष्Fक प्रदिप पौडेल लगायतले मन्तब्य राखेका थिए ।


COMMENTS