$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

वीरगन्जमा नबिल बैंकको नयाँ शाखा सञ्चालन, मेयर सिंहले गरे उद्घाटन

वीरगन्ज, १८ जेष्ठ : नबिल बैंकले बिहीबारदेखि वीरगन्जस्थित बाइपास सडकखण्डमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि वीरगन्जमै दुई शाखाबाट सेवा...

वीरगन्ज, १८ जेष्ठ : नबिल बैंकले बिहीबारदेखि वीरगन्जस्थित बाइपास सडकखण्डमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यसअघि वीरगन्जमै दुई शाखाबाट सेवा प्रदान गर्दै आएको नबिल बैंकले बाइपास सडकखण्डमा थप एउटा शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा कार्यालयको बिहीबार वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उदघाटन गरेका हुन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका मेयर सिंहले शाखाले परिस्कृत ढंगबाट ग्राहकलाई सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

वीरगन्जको आदर्शनगर क्षेत्रमा मात्रै बैंकको शाखा खोल्ने परिपाटीको अन्त्य गर्दै मुख्य बजार क्षेत्र बाहिरका ग्राहकलाई लक्षित गर्दै नबिल बैंकले शाखा सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै उनले भने, ‘नबिल बैंक देशको एउटा सर्वोत्किष्ट वित्तीय संस्था मध्ये एक हो । लामो समयदेखि नेपालको अर्थतन्त्रमा यसले ठूलो सहयोग पु¥याउँदै आएको छ । आशा गर्छु नयाँ शाखाले बैंकको यस विरासतलाई कायम राख्छ ।’

मेयर सिंहले बैंकलाई प्रत्येक शाखाका लागि छुट्टै सवारी पार्किङको व्यवस्थापन गर्न आग्रह गरे । ‘बैंकको ठूलोठूलो भवन छ तर पार्किङ छैन । सेवाग्राही आफ्नो सवारीसाधन सडकमै पार्किङ गर्न बाध्य हुन्छन्,’ उनले भने, ‘कम्तिमा प्रत्येक शाखाले आफ्नै पार्किङको व्यवस्थापन गरोस्, यसको लागि महानगर समन्वय गर्न तयार छ ।’

कार्यक्रममा बोल्दै नवसञ्चालित शाखाका प्रबन्धक कृष्णहरि भण्डारीले नयाँ शाखा आफैमा स्वयंपूर्ण भएको बताउँदै वीरगन्जमा रहेका अन्य दुई वटा शाखाझैँ यहाँबाट पनि सेवासुविधा उपलब्ध हुने बताए । नबिल बैंकले बिहीबार नै देशभरका विभिन्न स्थानमा ३८ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको जानकारी पनि उनले गराए । ‘आज थपिएका ३८ नयाँ शाखासँगै नबिल बैंकको देशभर २५५ वटा शाखा पुगेका छन्,’ उनले भने । हाल देशका विभिन्न स्थानमा २८३ वटा एटीएमपनि सञ्चालनमा रहेको उनले बताए ।

कार्यक्रममा नेपाल राष्ट्रिय बैंक वीरगन्ज शाखाका निर्देशक अजित रेग्मी, उद्योगी तथा समाजसेवी रमेश अग्रवाल, देवकीनन्दन अग्रवाल, वीरगञ्ज शाखाका प्रवन्धक नितिन नन्द्वाना, पावर हाउस शाखाका प्रवन्धक सन्तोषकुमार साह लगायतको पनि सहभागिता थियो ।

The post वीरगन्जमा नबिल बैंकको नयाँ शाखा सञ्चालन, मेयर सिंहले गरे उद्घाटन appeared first on Madhes Khabar.


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content