$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

बागेश्वरधाम परिवार पर्साद्वारा बाढी पीडितका लागि कपडा सहयोग

वीरगंज, १४ भदौ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बागेश्वरधाम मण्डल जनसेवा समिति पर्साले १ हजार थान कपडा सह...
वीरगंज, १४ भदौ । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बागेश्वरधाम मण्डल जनसेवा समिति पर्साले १ हजार थान कपडा सहयोग गरेको छ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत वितरण गर्न जान लागेका ठोरी युवा समाजका सदस्य तथा सामाजिक अभियन्ता माधव बस्नेतलाई उक्त कपडा हस्तान्तरण गरिएको हो। राहत सामग्री वीरगंजको घण्टाघरमा एक कार्यक्रमबीच हस्तान्तरण गरिएको थियो।

बागेश्वरधाम मण्डल जनसेवा समिति पर्सा नेपालका अध्यक्ष तथा बागेश्वरधाम शिष्य मण्डल बिहारका सदस्य कन्हैया पटेलको प्रयासमा उक्त सहयोग जुटाइएको हो।
सहयोग हस्तान्तरण गर्दै अध्यक्ष पटेलले विपत्तिको समयमा जात, धर्म, भाषा, क्षेत्र वा राजनीतिक विचारभन्दा माथि उठेर मानव सेवामा जुट्नुपर्ने बताए। उनले बाढी तथा पहिरोबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको पीडामा साथ दिन बागेश्वरधाम परिवार सधैँ तयार रहेको बताए।

पटेलले गुरूदेव पीठाधीश्वर श्री धीरेन्द्र कृष्ण शास्त्रीजीको आदेश तथा प्रेरणाअनुसार आफ्नो क्षमताले भ्याएसम्म विपत्तिमा परेका परिवारलाई सहयोग गर्ने प्रयास गरिएको बताए।

उनले भने, “आज हस्तान्तरण गरिएको कपडा केवल कपडा मात्र होइन, पीडित परिवारप्रतिको हाम्रो माया, सद्भाव, सहानुभूति र मानवताको प्रतीक हो। संकटको समयमा ‘तपाईंहरू एक्लै हुनुहुन्न, हामी तपाईंहरूको साथमा छौँ’ भन्ने भरोसा दिनु नै हाम्रो उद्देश्य हो।”

कार्यक्रममा बागेश्वरधाम मण्डल जनसेवा समिति पर्साका अध्यक्ष कन्हैया पटेल, शम्भु महतो थारू, युनिक पटेल, सन्तोष साह लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सञ्चारकर्मी तथा पत्रकारहरूको समेत सहभागीता थियो।
बागेश्वरधाम परिवारले बाढी तथा पहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारको जीवनमा छिट्टै सामान्य अवस्था फर्कियोस् भन्ने कामना गरेको छ।

समितिले सरकार, विभिन्न संघसंस्था, व्यवसायी, सामाजिक अभियन्ता तथा आम नागरिकलाई समेत आ–आफ्नो क्षमताअनुसार विपत्तिमा परेका परिवारको सहयोगमा जुट्न अपिल गरेको छ।
Uploaded Image

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content