$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

रास्वपा पर्सा क्षेत्र नं. १ का उम्मेदवार पन्तद्वारा घरदैंलो तथा पार्टी प्रवेश

वीरगंज, ४ फागुन । पूर्वमन्त्री प्रदीप यादवको गाउँ मनियारीमा राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र १ का उम्मेदवार हरि पन्तलाई त्यहाँका स्थानीयहर...

वीरगंज, ४ फागुन । पूर्वमन्त्री प्रदीप यादवको गाउँ मनियारीमा राष्ट्रिय स्वतन्त्र पार्टी क्षेत्र १ का उम्मेदवार हरि पन्तलाई त्यहाँका स्थानीयहरूले भव्य स्वागत गरेका छन । 
 
आज रास्वपा पर्सा सभापति एवं पर्सा–१ का उम्मेदवारसमेत रहेका पन्तलाई त्यहाँका स्थानीयहरूले भब्य स्वागत गरेका हुन् । पन्त आज मनियारीमा घरदैलो एवं मतदाता भेटघाटका लागि पुगेका थिए ।

भेटघाटको क्रममा स्थानीयहरूले त्यहाँका स्थानीय समस्या एवं समग्र मुलुकको राजनीतिक, आर्थिक र सामाजिक समस्याहरूको  वारेमा  उम्मेदवार पन्तसँग चासो राखेका थिए ।  पन्तले अब मुलुक रास्वपाले हाक्ने हुँदा आआफ्नो क्षेत्रबाट रास्वपालाइ जिताएर क्षेत्रलाई केन्द्र सरकारसँग प्रत्यक्ष संवाद र सहकार्यमा रहन आग्रह गरेका थिए ।
 
घरदैलोमा स्थानीयहरूको ठूलो उपस्थिति थियो । कार्यक्रममा महानगर सहसचिव मुन्ना साहलगायत स्थानीय नेताहरू सन्तोष यादव, चन्देश्वर साह, सुदर्शन यादव, अजय राम, रन्जित यादब, विवेक यादब, बिजय साह, राजकिशोर यादव, ललन पटेल लगायतका नेताहरूको उपस्थिति थियो ।

त्यसैगरी आइतवार बेलबा, ज्योति स्पिनिङ र श्रीपुर गरी एक हजार जना भन्दा बढी ब्यक्तिहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन ।
 
बेल्वामा रामप्रीत यादव, रामेश्वर यादव, मुन्नीलाल साह, सन्देश कुशवाहा राजकिशोर महतो, हबिस मियाँ, अलख राउत, शिव नारायन बैठा, योगेन्द्र मिश्रा, हजरल मियाँको नेतृत्वमा र श्रीपुरमा जसपा युबा संघका सचिव त्रिनेश गिरी, गजेन्द्र महतो, अजय महतो, धिरज साह, सुनिल महतो र बिबेक ठाकुरको नेतृत्वमा तथा ज्योति स्पिनिङमा अबध किशोर यादब र राम नरेश यादबको नेतृत्वमा पार्टी प्रवेश गरेका थिए ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content