$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

नेशनल प्याब्सन टी–२०: माउण्ट हर्मन र विद्यासदन च्याम्पियन

वीरगंज, ११ फागुन।  नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगितामा जुनियरतर्फ माउन्ट हर्मन माध्यमिक विद्यालय र सिनियरतर्फ विद्या स...

वीरगंज, ११ फागुन।  नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगितामा जुनियरतर्फ माउन्ट हर्मन माध्यमिक विद्यालय र सिनियरतर्फ विद्या सदन माध्यमिक विद्यालय च्याम्पियन बनेका छन्।

आज अन्तिम दिन आदर्शनगर खेल मैदानमा जुनियर र सिनियरका फाइनल खेलहरू सम्पन्न भएको हो। 

सिद्धार्थ एकेडेमी र माउन्ट हर्मन मा.वि.बीच भएको फाइनल खेलमा टस जितेर माउन्ट हर्मनले बलिङ रोजेको थियो। माउन्ट हर्मनले २० ओभरमा १० विकेट गुमाउँदै १२१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सिद्धार्थ एकेडेमी ८ ओभरमै १० विकेटको क्षतिमा २७ रनमा समेटियो। माउन्ट हर्मन ९४ रनले विजयी भयो। म्यान अफ द म्याच सनोज यादव घोषित भए। उनले ३ ओभरमा ११ रन खर्चेर ४ विकेट लिएका थिए।

विद्या सदन र ब्राइट पब्लिक मा.वि.बीच भएको सिनियर फाइनलमा ब्राइट पब्लिकले टस जितेर बलिङ रोज्यो। विद्या सदनले २० ओभरमा ६ विकेटको क्षतिमा २०४ रन बनाउँदै बलियो लक्ष्य प्रस्तुत ग–यो। जवाफी ब्याटिङमा ब्राइट पब्लिक १४.१ ओभरमा ८९ रनमै अलआउट भयो। विद्या सदन ११५ रनले विजयी बन्यो।म्यान अफ द म्याच अफताब खान तथा अयान अन्सारी घोषित भए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। बेस्ट फिल्डरः शिवम मुखिया (ब्राइट पब्लिक), नौसाद खान (ज्ञान निकेतन)बेस्ट किपरः रोहित गुप्ता (शिदार्थ एकेडेमी), आतिफ अमान (विद्या सदन)बेस्ट बलरः सनोज यादव (माउन्ट हर्मन), म. साजिद अन्सारी (विद्या सदन)बेस्ट ब्याट्सम्यानः रोहित गुप्ता (शिदार्थ एकेडेमी), युराज कुशवाहा (ज्ञानोदय)प्लेयर अफ द सिरिजः रोहन पटेल (लर्ड बुद्ध), सर्जित अली मन्सुरी (ज्ञानोदय)फेयर प्ले अवार्डः एन्जल वल्र्ड मा.वि. र विद्या सदन मा.वि.फाइनल खेलको अध्यक्षता नेशनल प्याब्सन पर्साका अध्यक्ष राम श्रेष्ठले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला शिक्षा इकाई समन्वय प्रमुख मोति बहादुर भट्टराई रहेका थिए। कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज प्रसाद चौधरी, केन्द्रीय सदस्य छेडुप लामा, गरिमा विकास बैंक वीरगंज शाखा प्रमुख राजीव झा, वीरगंज अध्यक्ष सोनालाल पटेल लगायतको उपस्थिति रहेको थियो।प्रतियोगिताको संयोजक लाल बहादुर गुरूङ रहेका थिए।बिजेता एवं उपबिजेताहरूलाई शिल्ड एवं प्रमाणपत्रहरू अतिथीहरूबाट दिइएको थियोे। 

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content