$show=home

Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

हेडलाइन्स

श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक नियुक्त

पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक पदमा नियुक्...

पर्सा । पर्साको पकहाँमैनपुर गाउँपालिकाको वडा नम्बर ३ मा अवस्थित श्री रामचरित्र भगत माध्यमिक विद्यालयमा पप्पु चौहान प्रधानाध्यापक पदमा नियुक्त भएका छन।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि नव नियुक्त प्रधानाध्यापक चौहानले पदभार ग्रहण गरेका हुन।

पकहाँमैनपुर गाउँ कार्यपालिकाको पुस २४ गते बसेको बैठकले तत्कालीन प्रधानाध्यापक मनोज यादव माथि लाग्दै आएको बिभिन्न आरोपको सन्दर्भमा बहुमतका साथ निर्णय गर्दै उनको सरुवा गरेको थियो।

निर्णयअनुसार प्रधानाध्यापक यादवलाई संसारी माई माध्यमिक विद्यालय, सुर्जहामा सरुवा गरिएको छ, भने उनको स्थानमा सोही विद्यालयमा सह–प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आएका पप्पु चौहानलाई निमित्त प्रधानाध्यापकको रूपमा नियुक्त गरिएको छ।

पालिकाका जनप्रतिनिधिहरूको यो कदमले विद्यालयको समग्र अवस्था सुधार हुने अपेक्षा गरिएको छ।

लामो समयदेखि शिक्षण क्षेत्रमा सक्रिय रहँदै आएका चौहान शैक्षिक अनुशासन, प्रशासनिक क्षमता र विद्यार्थीमैत्री नेतृत्वका लागि परिचित मानिन्छन।

पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानाध्यापक चौहानले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक–विद्यार्थीबीचको समन्वय मजबुत बनाउने, प्रविधिमैत्री शिक्षण प्रणालीको विकास तथा विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन। उनले विद्यालयको उन्नति–प्रगतिका लागि आफू सधैं प्रतिबद्ध भएर काम गर्ने बताएका छन । उनले विद्यार्थीहरूको उज्ज्वल भविष्यलाई प्राथमिकतामा राख्दै पूर्ण निष्ठा, इमानदारी र लगनशीलताका साथ जिम्मेवारी निर्वाह गर्ने धारणा व्यक्त गरेका हुन । उनले भने "पठनपाठनको गुणस्तर सुधार, अनुशासित शैक्षिक वातावरण र अभिभावक–समुदायसँग सहकार्य मेरो पहिलो प्राथमिकता हुने बताएका छन।

सहभागीहरूले समसामयिक सोच, विद्यार्थी–केन्द्रित दृष्टिकोण र विद्यालय हितमा जिम्मेवारी निर्वाह गर्ने नेतृत्वबाट सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्दै खादा माला तथा टिका लगाई नव नियुक्त प्रधानध्यापक चौहानलाई विद्यालयमा स्वागत तथा शुभकामना समेत व्यक्त गरेका थिए।

पदभार ग्रहण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, युवा, बुद्धिजीवी, विद्यालयका शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उनको नियुक्तिसँगै विद्यालयको शैक्षिक प्रगति अझ सुदृढ हुने अपेक्षा गरिएको छ। स्थानीय अभिभावक, शिक्षक तथा विद्यालय परिवारले चौहानको कार्यकाल सफल रहने विश्वास व्यक्त गर्दै बधाई तथा शुभकामना दिएका छन्।

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content