$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

स्वास्थ्य मन्त्रालय र आविष्कार केन्द्रबीच सम्झौता

काठमाडौं, ५ भदौ/रासस स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणक...

काठमाडौं, ५ भदौ/रासस

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच सङ्घीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मरम्मत सम्भार र व्यवस्थापन गर्नेलगायत विषयमा सहकार्य गर्ने सम्झौता भएको छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रका तर्फबाट अध्यक्ष डा महावीर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सीमित स्रोत साधनका बीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकोले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए।

मन्त्री पौडेलले भने–"हामीले साधन स्रोत बढाएर तत्काल आवश्यकता अनुसारका उपकरण खरीद गर्न सक्ने अवस्था छैन, त्यसकारण अहिले हामीसँग भएका उपकरणलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने सन्दर्भमा गरिएको सम्झौता  महत्वपूर्ण प्रयास रहेको छ।"

अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिए नयाँ खरीद गर्न लाग्ने ठूलो खर्च जोगिने उल्लेख गर्दै मन्त्री पौडेलले थोरै खर्चमा त्यस्ता सामग्री मरम्मत र व्यवस्थापन गर्ने कामको थालनी भएको बताए। "मरम्मत र अरू ढङ्गले उपयोगमा ल्याउन नसकिने सामग्री अस्पतालमा छन्, प्रयोगमा आउने र नआउने छुट्याएर सोही अनुरूप व्यवस्थापन गर्न जरुरी छ। त्यो काम गर्दा अस्पताल सफा हुने र कम खर्चमा उपकरण प्राप्त हुने भएका कारण आविष्कार केन्द्रसँग सहकार्य गर्न लागिएको हो"–उनले भने।

    मुलुकको प्रसिद्ध र स्थापित संस्था तथा विश्वास आर्जन गरिरहेको नेतृत्वलाई मन्त्रालयको महत्वपूर्ण कामको जिम्मेवारी दिन पाएकोमा खुशी व्यक्त गर्दै मन्त्री पौडेलले सहकार्यको संस्कारले स्वदेशी संस्था र जनशक्तिलाई राज्यले विश्वास गरेको देखिने बताए।

सो अवसरमा केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्काे महत्वपूर्ण जिम्मेवारी पाएको प्रतिक्रिया दिए। उनले भने–"यो जिम्मेवारी भनेको सङ्घीय सरकार अन्तर्गत रहेका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल उपकरण मरम्मत गर्ने तथा ती उपकरणको अवस्था के–कस्तो छ भनी यकीन गर्ने हो।"

ती अस्पतालमा रहेका उपकरण के–कति प्रयोगमा आउन सक्ने र कुन अवस्थामा छन् भनी यकीन गर्ने तथा बनाउन सकिने र नसकिने पहिचान गर्ने कार्य केन्द्रले गर्नेछ। मरम्मत गर्नं सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको रायसुझाव आविष्कार केन्द्रले मन्त्रालयलाई दिनेछ।

"स्वास्थ्य मन्त्रालयले आविष्कार केन्द्रलाई ठूलो जिम्मेवारी दिएको छ"–अध्यक्ष पुनले भने–"हामीले पाएको जिम्मेवारी नागरिकको स्वास्थ्यसँग सम्बन्धित छ। उपकरणलाई ठीक अवस्थामा राख्न सकिए धेरैको ज्यान बचाउन सकिन्छ। लाखौं नागरिकले यसबाट सेवा लिन सक्छन्। त्यसैले यो सानोतिनो जिम्मेवारी होइन।"

केन्द्रले क्षमताले भ्याएसम्म इमानदारीपूर्वक कुनै छलछाम नगरी राष्ट्र र जनताको सेवा गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष पुनले नौलो र बृहत् क्षेत्र भए पनि विगतका अनुभवले काम पूरा गर्ने विश्वास व्यक्त गरे।

सम्झौता अनुसार आविष्कार केन्द्रका प्रतिनिधि सबै अस्पताल गएर त्यहाँ प्रयोग नभएका र सूचीकृत भएका सामानको पहिचान गरी सोही अनुरूप प्रतिवेदन दिनेछन्। आफैं बनाउन के कति मूल्य र पार्टपूर्जा चाहिन्छ त्यसको अभिलेख तयार गरिने छ।

यस्ता काम आगामी दिनमा केन्द्रमार्फत नै अगाडि बढ्ने भएकोले उपकरण व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्ने मन्त्रालयले जनाएको छ। सरकारको एउटा मन्त्रालयले प्राविधिक रूपमा काम गराउन आविष्कार केन्द्रलाई विश्वास गर्न शुरू गरेको छ। केन्द्रलाई राज्यले विश्वास गरेको, उपकरण प्रयोगमा आउन सक्ने सम्भावना बढेको हुँदा स्वास्थ्य क्षेत्रको खर्चको लागत घटाउन र प्राविधिक जनशक्तिको उपयोग हुनेछ।

सम्झौतापत्र कार्यान्वयन भएसँगै करोडौं मूल्य पर्ने तर सामान्य मरम्मत नगर्दा स्वास्थ्य क्षेत्रमा प्रयोगमा नआएका उपकरण प्रयोगमा आउने, सामान्य

मरम्मतपछि ती उपकरण सञ्चालनमा आउँदा नयाँ खरीद गर्नु नपर्ने तथा स्वदेशी जनशक्ति, स्रोत र साधन प्रयोग हुने विश्वास लिइएको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content