वीरगंज ७ फागुन । वीरगंज महानगरमा दुई पक्षबीच भएको झडपमा सुरक्षाकर्मीसहित एक दर्जन जति घाइते भएका छन् भने स्थिति नियन्त्रणमा नहुंदा अनिश्चि...
वीरगंज महानगरमा दुई पक्षबीच भएको झडपमा सुरक्षाकर्मीसहित एक दर्जन जति घाइते भएका छन् भने स्थिति नियन्त्रणमा नहुंदा अनिश्चितकालीन कफर्यु घोषणा भएको छ ।
सांझ ५ बजेतिर अचानक जिल्ला प्रशासन कार्यालय, पर्साले कफर्यु घोषणा गरेपछि सर्वसाधारणलाई निकै समस्या भएको थियो ।
सांझ र रातिसम्म सर्वसाधारणहरु आआफनो गन्तव्यतिर गइरहेका थिए । उनीहरुलाई सवारी साधन नपाउंदा निकै समस्या भएको थियो । सांझ ५ बजेपछि पसल बन्द हुंदा सर्वसाधारणहरु आआफनो गन्तव्यतिर लागे पनि सुरक्षाकर्मीले कुनै बाधा अवरोध गरेका थिएनन् । त्यस्तै काठमाडौं छुटने रात्रिबसहरु पनि छ बजेतिरै गन्तव्यतिर लाग्दै गरेको देखियो । पसलहरु सबै बन्द हुंदा सर्वसाधारणलाई समस्या भएको थियो ।
रौतहट, सर्लाही लगायतको स्थानमा दुई जातीय पक्षबीच भएको झडप थियो । सोको विरोधमा वीरगंजमा पनि दुई जातीय समूह पक्षबीच झडप भएको थियो । वीरगंजमा आज भएको झडपमा १३ राउन्ड अश्रुग्यास चलेको थियो भने केही हवाइ राउन्ड पनि फायर भएको थियो । झडपमा प्रहरीसहित एक दर्जनभन्दा बढी घाइते भएका छन् ।
वीरगंजको छपकैया क्षेत्रमा प्रदर्शन हुंदा प्रहरी र समूहबीच झडप भएको थियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय, पर्साले आज साँझ ५ बजेदेखि अर्को आदेश नहुन्जेलसम्म कप्mर्यू आदेश जारी गरेको छ ।
वीरगंजमा भएको विरोध जुलुसकको क्रममा विवाद र झडपपछि स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्ष्Fामा पर्न सक्ने सम्भावित जोखिम एवं शान्ति भङ्ग हुनजाने स्थिति देखिएकोले महानगर क्ष्Fेत्रको पूर्वमा नगवाचोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल (भन्सार क्ष्Fेत्र)सम्म कफर्यू आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताए ।
प्रजिअ भुसालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा (क) बमोजिम कप्mर्यू आदेश जारी गरिएको बताए । उनले कप्mर्यू अवधिभरि आवतजावत गर्न, भेला हुन, बाहिर हिंडडुल गर्न, जुलुस प्रदर्शन, घेराउ, ¥याली तथा अन्य कुनै प्रकारको उच्छृंखल गतिविधि गर्न नपाउने र गरेको खण्डमा कडा कारबाइ गर्ने प्रजिअ भुसालले जनाएका छन् ।
हिन्दुवादी सङ्घ संगठनले गौरमा भएको घटना बिरोधमा सोमवार वीरगंज बजार बन्दको आवहान गरेको थियो ।
छपकैयास्थित मुख्य सडकको गौरिया चोकमा मुस्लिमहरूले सडक जाम गरेपछि प्रहरी र मुस्लिम समुदायको युवाहरूबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा केही प्रहरी घाइते भएका थिए भने स्थितिलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र एक दर्जनभन्दा बढी अश्रुग्याँस प्रहार गरेको थियो ।
See Video









COMMENTS