$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

नेपालमा भारतले निर्यातमा प्रतिबन्ध गरेलगत्तै चामलको चर्काे मूल्यवृद्धि

वीरगंज, २ भदौ । केही दिन पहिले भारतले चामल निर्यातमा प्रतिबन्धको घोषणा गरेको लगत्तै नेपालका व्यापारीहरूले चामलको चर्काे मूल्यवृद्धि गरेका छन...

वीरगंज, २ भदौ । केही दिन पहिले भारतले चामल निर्यातमा प्रतिबन्धको घोषणा गरेको लगत्तै नेपालका व्यापारीहरूले चामलको चर्काे मूल्यवृद्धि गरेका छन् । यसतर्फ सरकार र उपभोक्ता मौन छ ।

वर्षा सिजनमा नेपालको धान उत्पादन राम्रो हुने क्षेत्र तराई र भारतका विभिन्न प्रान्तमा अनावृष्टि लामो खडेरीका कारण धानको रोपाइँ कम भएको र भोलिका दिनमा चामलको अभाव र संकट हुने सम्भावना छ। खाद्यान्य चामलको अभाव र संकट हुने संकेत पाएर भारतले चामलको निर्यात बन्द गरेको छ। 

भारतले चामल, धानको निर्यातमा प्रतिबन्ध लगाएलगत्तै नेपालका व्यापारीहरूले विभिन्न जातका २५  किलोको प्रत्येक बोरा चामलको मूल्य चार सयदेखि सातसय रुपियाँँसम्म बृद्धि गरेर नाजायज फाइदा व्यापारीहरूले उपभोक्ताबाट उठाउन खोज्दैछन्। एकथोक व्यापारी स्रोत अनुसार आगामी दशैंसम्मलाई बजार बिक्री धान्ने चामल नेपालमा स्टक रहेको छ। 

बजारमा चामलको स्टक हुँदाहुँदै रातारात अस्वाभाविक मूल्य बृद्धि गर्दा पनि बजार अनुगमन र नियन्त्रण गर्न आवश्यक पाइला चाल्न सकेको छैन। व्यापारी, पसलेको गोदाम र पसलमा चामल रहेसम्म साविककै मुल्यमा चामल बिक्री नगरे ठगी हुन्छ। ठगी व्यापार गर्नेलाई कानुन मुताबिक कारबाई हुनुपर्छ। तत्काल नेपाल सरकार र स्थानीय प्रशासनले बजार अनुगमन गरी स्टकमा रहेको चामल पुरानै मुल्यमा उपभोक्ताहरूमा बिक्री गर्न लगाउनु पर्छ । 

बढी मूल्य लिएर चामल बिक्री गर्ने व्यापारीविरूद्ध कालोबजारी ऐनअन्तर्गत तत्काल कारबाई गरिनुपर्ने पीडित सम्पूर्ण उपभोक्ताहरूको माग छ। भारतमा चामल निर्यातमा लगाउनासाथ नेपाली बजारमा चामलको मूल्यवृद्धि गर्नु अनुचित हो। व्यवसायिक नैतिकता छाडेर मौकाको फाइदा उठाउन खोज्ने व्यापारीहरूको प्रवृत्ति दण्डनीय छ। 

बढीमा २५  किलोको बोरामा चामलको मूल्य ४  सय देखि सात सयसम्म बढाएर व्यापारीले गर्न खोजेको जघन्य अपराध हो। लामो खडेरी पछि पनि वर्षात महिनाको असार र श्रावणमा खाद्यान्नको भण्डार मानिसको तराई मधेस प्रदेशमा गत वर्षको अनुपातमा यसवर्ष खडेरी पर्नाको कारण धानको उत्पादन २५ प्रतिशत पनि नहुने अनुमान छ। 

बजारमा नपुग चामलको आपूर्ति कसरी गर्ने भन्ने कुरामा सरकारले तदारूकता देखाउन जरूरी छ। विदेश जाने युवाहरूको लहर एकातिर छ भने अर्काेतिर तापक्रम वृद्धिका कारण खानेपानीको समेत हाहाकार भइरहेको छ।

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content