$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

नेपाल टी २० : काठमाडौंको विजयी सुरुवात

काठमाडौं,९ पुस – काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ । किर्तिपुरस्थित त्रिवि खेल मैदानमा भए...

काठमाडौं,९ पुस – काठमाडौं नाइट्सले पहिलो संस्करणको नेपाल टी २० फ्रेन्चाइज लिगमा विजयी सुरुवात गरेको छ । किर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई २६ रनले हरायो । एक सय ६३ रनको मध्य लक्ष्य पछ्याएको पोखरा १९ ओभरमा सात सबै विकेट गुमाउँदै एक सय ३६ रनमा सीमित बनेको थियो ।

ओपनर उपुल थरङ्गाले बलियो सुरुवात गरे पनि बाँकी खेलाडीले साथ नदिँदा पोखरा पहिलो खेलमै स्तब्ध बन्यो । श्रीलंकाका ओपनर उपुलले पोखराकोलागि ३४ बलमा ६ छक्का सहित ४४ रन बनाएका थिए । आरिफ शेखले २० रन बनाउँदा अमिर हाम्जा, अभिमन्यु मिथुनले समान १८ रन जोडे । सिद्धान्त लोहनी १३ रनमा अविजित रहे । बाँकी खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । बलिङतर्फ काठमाडौंका अभिनाश बोहराले सर्वाधिक तीन विकेट लिए । यसैगरी, बसिर अहमदले २ तथा अनिल खरेलले १ विकेट लिएका थिए ।

यसअघि टस जितेर निर्धारित १९ ओभरमा चार विकेट गुमाउँदै एक सय ६२ रनको योगफल तयार पार्‍यो । निर्धारित समयमा खेल सुरु नभएपछि एक ओभर खेल छोट्याइएको थियो । काठमाडौंका अज्मतुल्लाह ओमार्जाइले सर्वाधिक अविजित ८५ रन बनाए । ४२ बलको सामना गरेका ओमार्जाइले ४२ बलमा तीन चौका र सात छक्का प्रहार गरेका थिए ।

सुनम गौतमले २८ बलमा दुई चौकासहित २७ रन बनाएका थिए । ओमार्जाइ र सुनमले छैटौं विकेटका लागि एक सय १४ रनको बलियो साझेदारी गर्दै बलियो स्थितिमा पुर्‍याए । एलेक्स ब्लेकले २२ बलमा २१, भिरन्दीप सिंहले १५ बलमा १० रनको योगदान गरे । बाँकी खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

ओपनर सन्तोष कार्कीले तीन, कप्तान ज्ञानेन्द्र मल्ल शुन्यमा आउट भए । पोखराका प्रतिस जिसी र जाहि खानले दुई दुई विकेट लिए । मौसम ढकालले एक विकेट लिए । आजै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले फार वेस्ट युनाईटेडसँग खेल्नेछ ।

The post नेपाल टी २० : काठमाडौंको विजयी सुरुवात appeared first on Nepal Post Daily.


credit: Nepalpostdaily

COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content