$show=home

Updates
Loading latest news...

$show=home

लोड हुँदैछ...

$show=home

हेडलाइन्स

ठगहरुको नयाँ बुद्धि, ठगी गर्ने रोचक तरीका

 वीरगंज, २७ पुस । डिजिटल ठगी गरेको आरोपमा दुईजना किशोर बारा जिल्लाको जीतपुर बजारबाट इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरेको छ । आज दिउँस...


 वीरगंज, २७ पुस । डिजिटल ठगी गरेको आरोपमा दुईजना किशोर बारा जिल्लाको जीतपुर बजारबाट इलाका प्रहरी कार्यालय जीतपुरले पक्राउ गरेको छ ।

आज दिउँसो १ बजेको समयमा जीतपुरबजारको कृष्ण मोबाइल पसलका सञ्चालकलाई ठगी गरेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिका–१७ जैतापुर नजीकै रहेको रामनगर बस्ने अविनाश घिसिङ, सिमोन लामालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुवैजनाले डिजिटल ठगी गर्ने गरेका छन् । शुरुमा मोबाइल पसलमा किशोरहरुले रु ५ हजारको सामान किन्ने र त्यसपछि पसलेलाई पैसा पठाउन भन्दै पसलेको स्क्यानर अन्य साथीलाई पठाउने गर्छन् । अन्य साथीले पसलेको स्क्यानरमा रु ५ हजारको सट्टा रु ५० हजार पठाउँछ । त्यसपछि किशोरले पसलेलाई मेरो साथीले झुक्किएर तपाईंलाई रु ५० हजार रकम पठाएको भन्दै ४५ हजार रकम फिर्ता मागेर लैजान्छन् । दुई युवकले फिर्ता पैसा लगिसकेपछि तेस्रो व्यक्ति जसले ४५ हजार रकम पसलेको खातामा पठाएको हुन्छ । उसले फोन गरेर आफनो ४५ हजार रकम माग गर्ने र नदिए पैसा पठाएको प्रमाणसहित ठगी मुद्दा दिने भनेर पसलेलाई धम्क्याउँदै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजना इलाका प्रहरी कार्यालय, सिमराको हिरासतमा छन् भने प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार यस ठगी कार्यमा ठूलै गिरोहको संलग्नता रहेको र पक्राउ परेका दुवैजना किशोर गिरोहको सदस्य हुन् । credit: Ghantaghartv

COMMENTS

लोड हुँदैछ...

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content