neelambads

$show=home

नरकभन्दा तातो: तेहरानको तापक्रम ५० डिग्रीभन्दा माथि

580

युरोप र मध्यपूर्वले यस हप्ता अत्यन्त भीषण गर्मीको लहरसँग जुझ्दै गर्दा विश्वव्यापी रूपमा नयाँ गर्मीको लहरको चेतावनी दिइएको छ । भीषण गर्मीको लहरले धेरै देशमा विभिन्न जलवायु सङ्कट सिर्जना गरेको छ ।

राष्ट्रिय मौसम विज्ञान सेवाका अनुसार इरानमा आइतबार तेहरानको तापक्रम ४० डिग्री सेल्सियसमा पुगेको छ र यो वर्षको सबैभन्दा तातो हप्तामा ५० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

चर्को गर्मीको लहर जारी रहँदा राजधानीलाई आपूर्ति गर्ने बाँध भण्डारहरू 'एक शताब्दीकै सबैभन्दा तल्लो स्तरमा' पुगेको चेतावनी दिँदै तेहरानको पानी प्राधिकरणले बासिन्दाहरूलाई कम्तीमा २० प्रतिशतले खपत घटाउन आग्रह गरेको छ ।

तेहरानबाट करिब तीन हजार पाँच सय किलोमिटर पश्चिममा ग्रिसको राजधानी एथेन्सले पनि यस गर्मीको पहिलो लामो गर्मी लहर सहन गरिरहेको छ ।

उत्तरी अफ्रिकाबाट आउने तातो हावाको मात्रा यस गर्मीको सुरुमै आइपुगेको छ र ग्रिस र बाल्कनमा तातो गुम्बज बनेको छ । यसले तापमानलाई मौसमी मानकभन्दा १० डिग्री सेल्सियस माथि धकेलेको नेसनल अब्र्जरभेटरीले बताएको छ ।

यस हप्ता औसत उच्च तापक्रम ३८ डिग्री सेल्सियस नजिक पुग्ने र केही क्षेत्रमा ४४ डिग्री सेल्सियसमा पुग्ने पूर्वानुमानका साथ ग्रिक दैनिक द नेसनल हेराल्डले अवस्थालाई 'नरकभन्दा तातो' भनेर वर्णन गरेको छ ।

यस्तो सुक्खापन, आँधीसँग मिलेर ग्रीसलाई गम्भीर डढेलोमा पारेको छ ।

बिहीबार दमकलकर्मीहरूले क्रेट टापुमा डढेलोको सामना गरेका थिए । डढेलोले एक हजारभन्दा बढी मानिसलाई स्थानान्तरण गर्न बाध्य पार्दै जङ्गल र जैतुनका बगैँचाहरू जलाएको थियो ।

यसैबीच, एथेन्स नजिकैको नयाँ आगलागी आवासीय क्षेत्रहरूको नजिक खतरनाक रूपमा फैलिएको छ ।

अन्यत्र, टर्कीले जुन २६ पछिका १० दिनमा ७६१ वटा डढेलो रेकर्ड गरेको छ । पश्चिमी इजमिर प्रान्त र वरपर भड्किएको आगोले एक वृद्ध पुरुष र एक वन कर्मचारीको ज्यान लिएको छ ।

युरोपभरि, स्पेन र इटाली लगायत देशहरूमा गर्मीसँग सम्बन्धित कम्तीमा आठ जनाको मृत्यु भएको रिपोर्ट गरिएको छ । युरोप महाद्वीप पनि गर्मीको लहरमा डुबेको छ ।

"हामी हाल बलियो उच्च–चाप प्रणालीको प्रभावमा छौँ, यसले उत्तर अफ्रिकाबाट आएको तातो हावालाई यस क्षेत्रमाथि फसाएको छ र हामीले देख्न सक्छौँ, यसले हामीले महसुस गर्ने तरिकामा निकै ठूलो प्रभाव पारेको छ", विश्व मौसम विज्ञान सङ्गठनका प्रवक्ता क्लेयर नुलिसले पहिले भन्नुभएको थियो ।

उहाँले जलवायु परिवर्तनको परिणामस्वरूप मानिसहरूले अधिक बारम्बार र तीव्र गर्मी लहरहरूसँग बाँच्न सिक्नुपर्ने बताउनुभयो ।

युरोपेली सङ्घ (इयु) द्वारा वित्त पोषित कोपर्निकस जलवायु परिवर्तन सेवाले हालैको एउटा लेखमा भनेको छ, "चरम मौसम घटनाहरूबाट निर्मित वातावरणमा हुने क्षति जलवायु परिवर्तनका कारण मात्र शताब्दीको अन्त्यसम्ममा दश गुणा बढ्ने अनुमान गरिएको छ ।"

यस्ता व्यापक जलवायु प्रभावहरूले अधिक लचिलोपन निर्माणको महत्त्वलाई उजागर गर्छ भन्दै सेवाले पानी पुनर्चक्रण, वर्षाको पानी र फोहोर पानीको विभाजन, जलवायु–प्रतिरोधी भवन डिजाइन, जोखिम म्यापिङ र प्रारम्भिक चेतावनी प्रणाली जस्ता भौतिक र प्राविधिक उपायहरूको आह्वान गरेको छ ।

"सबै क्षेत्र र शासन स्तरहरूमा अनुकूलन आवश्यक छ र कार्यहरूले वर्तमान जलवायु प्रभावहरू र भविष्यका जोखिमहरू विरुद्ध सुरक्षा दुवैलाई सम्बोधन गर्नुपर्दछ", कोपर्निकस जलवायु परिवर्तन सेवाले भनेको छ ।  बेइजिङ, ५ साउन (रासस/सिन्ह्वा) :

प्रतिक्रिया

neelambads

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

about birgunj,2,accident,3,Article,1,blogger,1,business,7,crime,9,culture,2,Festival,5,fm,1,html,1,international,3,Job,1,main news,7,movie,3,nepal,6,news,553,Photo,1,politics,1,prateek-daily,1,preeti-to-unicode-auto-2022,1,sports,7,tech,3,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,9,
ltr
item
Birgunj-वीरगन्ज: नरकभन्दा तातो: तेहरानको तापक्रम ५० डिग्रीभन्दा माथि
नरकभन्दा तातो: तेहरानको तापक्रम ५० डिग्रीभन्दा माथि
https://blogger.googleusercontent.com/img/a/AVvXsEiM68nM_fCXDC1jBx03AbYbu-hvJBlQn3KyV_763f-CbfS18K3AJqayDIJ2VF9AzMsoZLnw7EEhR2Asi6AdGlIMsam7T6yhiCh_MLqzepHHAyIUqP8YnWsjmU3cCH-KvHE1PAMMWcH0rlP9jx1hqX2mX4AgMu0BNCuhZtjhAOax1d8rKh4HhLp5FQYSpRod=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiM68nM_fCXDC1jBx03AbYbu-hvJBlQn3KyV_763f-CbfS18K3AJqayDIJ2VF9AzMsoZLnw7EEhR2Asi6AdGlIMsam7T6yhiCh_MLqzepHHAyIUqP8YnWsjmU3cCH-KvHE1PAMMWcH0rlP9jx1hqX2mX4AgMu0BNCuhZtjhAOax1d8rKh4HhLp5FQYSpRod=s72-c
Birgunj-वीरगन्ज
https://www.birgunj.eu.org/2025/07/blog-post_50.html
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/2025/07/blog-post_50.html
true
6500956530975608366
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content