$show=home

$show=home

data-margin="50px"

$show=home

$show=home

$show=home

हेडलाइन्स

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज ब्राजिल र दक्षिण कोरिया भिड्दै

एजेन्सी १९ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज (सोमबार) प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछ । पहिलो खेलमा समूह ‘ईं’ को...

एजेन्सी
१९ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगितामा आज (सोमबार) प्रि–क्वाटरफाइनलका दुई खेल हुँदैछ ।
पहिलो खेलमा समूह ‘ईं’ को विजेता जापानले समूह ‘एफ’ को उपविजेता क्रोएसियासँग खेल्दैछ । यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ ।

हाजिमे मोरियासुको टोली दुई विश्व च्याम्पियन स्पेन र जर्मनीलाई हराएर समूह विजेता बन्दै बनेको जापान क्रोएसियाविरुद्ध पनि सोही नतिजा निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । दुई विश्व च्याम्पियन सन् २०१० (स्पेन) र २०१४ (जर्मनी) लाई एकै संस्करणमा हराउन सफल जापान अर्काे सनसनी पूर्ण नतिजा निकाल्ने लक्ष्यमा हुनेछ ।

यता, विश्व उपविजेता क्रोएसिया पनि जापानमाथि आँफु अनुकुल नतिजा निकाल्दै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुनेछ । अनुभवी खेलाडीको बाहुल्यता रहेको क्रोएसिया त्यही अनुभवलाई प्रयोग गर्दै कमब्याक किङको छवि बनाएको जापानलाई हराएर क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

सोमबारको अर्काे खेलमा समूह ‘जी’ को विजेता ब्राजिलले समूह ‘एच’ को उपविजेता दक्षिण कोरियासँग खेल्दैछ । यो खेल राति १२ः४५ बजेपछि स्टेडियम ९७४ मा हुनेछ ।

दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा हुनेछ । सर्वियासँगको पहिलो खेलमै स्टार फरवार्ड नेयमारलाई गुमाएको ब्राजिलले त्यसपछि अन्य तीन खेलाडीलाई समूह चरणको खेलको अन्त्यसँगै अन्य दुई खेलाडीलाई गुमाइसकेको ब्राजिल लयमा रहेको दक्षिण कोरियालाई पाजित गरेर अघि बढ्न चहान्छ ।

छैटौंपटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिललाई चोट महँगो पर्न सक्नेछ । तर, यस खेलका लागि नेयमार फर्कने ब्राजिलका मुख्य प्रशिक्षक टिटेले जनाएका छन् ।

यता, दक्षिण कोरिया पनि अर्काे स्तब्धपूर्ण नतिजा निकालेर क्वाटरफाइनलमा पुग्न चहान्छ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

The post विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज ब्राजिल र दक्षिण कोरिया भिड्दै appeared first on Madhes Khabar.


COMMENTS

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

× तपाईंले यो समाचार पढ्न छुटाउनुभयो?
सबै पोस्टहरू लोड गरियो कुनै पनि पोस्ट भेटिएन सबै हेर्नुहोस् थप पढ्नुहोस् जवाफ दिनुहोस् जवाफ रद्द गर्नुहोस् मेटाउनुहोस् द्वारा गृहपृष्ठ पृष्ठहरू पोष्टहरू सबै हेर्नुहोस् तपाईंको लागि सिफारिस गरिएको category अभिलेख खोज्नुहोस् सबै पोस्टहरू तपाईंको अनुरोधसँग मिल्दो कुनै पनि पोस्ट फेला परेन। घर फर्कनुहोस् Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers पछ्याउनुहोस् यो प्रिमियम सामग्री लक गरिएको छ। STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content