वीरगंज, ३० चैत । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाको अवधिमा ५ करोड ८७ लाख भन्दा बढी मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको जनाएको छ ।
यहि चैत महिनाभित्र जिल्ला प्रहरी कार्यालय पर्साले ५ करोड ८७ लाख ३६ हजार ७९९ रुपियाँँ बराबरका अवैध सामग्री राजस्व अनुसन्धान पथलैया बारा, र वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गराएको जनाएको छ ।
राजस्व अभिवृद्धी तथा भन्सार चोरी पैठारी न्युनिकरण गर्न जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका प्रहरी कार्यालयबाट परिचालन भएको टोलीले चैत महिनामा १ करोड २३ लाख ४६ हजार ४९९ रुपियाँँ बराबरको लत्ताकपडा बरामद गरेको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
एक महिनामा पर्साका विभिन्न स्थानबाट रू. १ करोड २३ लाख ४६ हजार ४ सय ९१ रुपियाँ बराबरको लत्ता कपडा रहका छन् भने सोही अवधिमा १ करोड १० लाख ८७ हजार ७१० रुपियाँँ बराबरका सवारी साधन तथा पार्टपुर्जा बरामद गरिएको त्यसैगरी १ करोड ४२ लाख २३ हजार ९१७ रुपियाँँ बराबरका किराना तथा खाद्यान्न सामग्री बरामद गरिएको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । डिएसपी थापाका अनुसार २ करोड १० लाख ७८ हजार ६८१ रुपियाँँ बराबरको विद्युतीय सामग्री बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
अवैध रूपमा चोरी पैठारी गरी भन्सार छलेर ल्याइएका सामग्रीहरू चैत ३० गते आज सम्म वीरगञ्ज भन्सार कार्यालयसँगै राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले जानकारी दिए ।

प्रतिक्रिया