neelambads

$show=home

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा

580

नयाँदिल्ली, २४ कात्तिक  :  धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ । प्रदूषणको स्तर तीव्र रूपमा बढ्दै गएपछि हावामा तीखो गन्ध भरिएको छ, जसले जनस्वास्थ्य सङ्कटलाई थप गम्भीर बनाएको छ । यस स्थितिप्रति असन्तुष्टि जनाउँदै बासिन्दाहरू सरकारी कदमको माग गर्दै सडकमा उत्रिएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको जोखिम सीमाभन्दा धेरै माथि पुगेको दिल्लीको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) सोमबार बिहान ३४४ मा नापिएको थियो । यो स्तर 'गम्भीर' श्रेणीमा पर्दछ र सास फेर्नका लागि अत्यन्त खतरनाक मानिन्छ ।

आइतबार साँझ, अभिभावक र वातावरणीय कार्यकर्ताहरू सहित सयौँ नागरिकले नयाँदिल्लीको प्रसिद्ध इन्डिया गेट अगाडि भेला भई एक दुर्लभ विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मुखमा मास्क लगाउनुका साथै 'मलाई सास फेर्न गाह्रो भइरहेको छ' जस्ता प्लेकार्डहरू बोकेका थिए ।

"म यहाँ एक नागरिकका रूपमा उपस्थित भएकी छु जसले सहरको बिग्रँदो हावाप्रति गहिरो चिन्ता राख्छिन् । हामी सास फेर्न पनि सङ्घर्ष गर्नुपरेको अवस्थामा पुगेका छौँ", आफ्नो पहिलो नाम मात्र बताउनुभएकी प्रदर्शनकारी मेघनाले भन्नुभयो ।

प्रदर्शनपछि प्रहरी प्रशासनले प्लेकार्ड र ब्यानरहरू जफत गरी प्रदर्शनकारीहरूलाई 'अनुमति बिना प्रदर्शन नगर्न' आग्रह गर्दै तितरबितर हुन निर्देशन दिएको थियो ।

राजधानीको बढ्दो प्रदूषणका कारण टाउको दुख्ने, आँखामा जलन र लगातार खोकीका समस्या देखिएका छन् । बासिन्दाहरूले यो वार्षिक स्वास्थ्य सङ्कट बनेको अवस्थामा नीतिगत कदमभन्दा पनि एकअर्कामाथि दोषारोपणमै सीमित रहेका राजनीतिज्ञहरूप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

करीब तीन करोड जनसङ्ख्या भएको नयाँदिल्ली र यसको वरपरका क्षेत्रहरू बर्सेनि विश्वकै सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा शीर्ष स्थानमा रहँदै आएका छन् । स्विट्जरल्यान्डमा आधारित वायु गुणस्तर अनुगमन संस्था 'आइक्युएयर'को हालैको प्रतिवेदनअनुसार विश्वका १० सबैभन्दा प्रदूषित सहरमध्ये ६ वटा भारतका छन्, जसमा नयाँदिल्लीलाई सबैभन्दा प्रदूषित राजधानीका रूपमा दर्ज गरिएको छ ।

नजिकैका राज्यहरूमा किसानहरूले बालीका अवशेष जलाउँदा र जाडो मौसममा तापक्रम घटेर धुवाँ जम्दा दिल्लीको हावाको गुणस्तर झनै बिग्रन्छ । यस धुवाँमा सवारीसाधन र उद्योगहरूबाट निस्कने धुवाँ मिसिँदा विषाक्त कणहरू लामो समयसम्म हावामा रहन्छन् । सुक्खा र हावा रहित मौसमका कारण कहिलेकाहीँ प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठनले तोकेको सुरक्षित सीमाभन्दा २० गुणा बढी पुग्ने गरेको छ ।

प्रदूषण नियन्त्रणका लागि अधिकारीहरूले अस्थायी रूपमा निर्माण कार्यमा प्रतिबन्ध लगाउनुका साथै डिजेल जेनेरेटरको प्रयोग रोकेका छन् । साथै, वर्षा गराउने आशाले 'क्लाउड सिडिङ' को प्रयोगसमेत गरिएको छ । यद्यपि, वातावरणविद्हरूको भनाइमा दीर्घकालीन रूपमा उत्सर्जन घटाउने ठोस नीति र स्थायी समाधानले मात्र राजधानीका नागरिकहरूलाई साँच्चिकै राहत दिलाउन सक्छ । (रासस/एपी)

प्रतिक्रिया

neelambads

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

about birgunj,3,accident,3,Article,1,blogger,1,business,7,crime,9,culture,2,Festival,5,fm,1,html,1,international,3,Job,1,main news,7,movie,3,nepal,7,news,554,Photo,1,politics,1,prateek-daily,1,preeti-to-unicode-auto-2022,1,sports,7,tech,3,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,9,
ltr
item
Birgunj-वीरगन्ज: दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोधमा
https://blogger.googleusercontent.com/img/a/AVvXsEjV4Rpnh90w-DaTlKWD7y1lqNFh4dzZYpX3DMd42SjbsKtrA8RUqfUExzZZo3UfE_SRwFDIbEr0Rmt6FxxIzA9k-XYjY14qhw1E8aSnVOXGp2ZgNhunseu0gN8iCFukgXNSdCoBivTEUIqohiSWCGO3j5ezndrQzhcb7yS46f2AjfbuOGdjpgJfw8yIj1_a=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEjV4Rpnh90w-DaTlKWD7y1lqNFh4dzZYpX3DMd42SjbsKtrA8RUqfUExzZZo3UfE_SRwFDIbEr0Rmt6FxxIzA9k-XYjY14qhw1E8aSnVOXGp2ZgNhunseu0gN8iCFukgXNSdCoBivTEUIqohiSWCGO3j5ezndrQzhcb7yS46f2AjfbuOGdjpgJfw8yIj1_a=s72-c
Birgunj-वीरगन्ज
https://www.birgunj.eu.org/2025/11/blog-post_10.html
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/2025/11/blog-post_10.html
true
6500956530975608366
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content