वीरगंज, २८ कात्तिक । नेसनल प्याब्सन पर्सा जिल्ला समिति र वीरगंज महानगर समितिको संयुक्त आयोजनामा "बाल प्रतिभा क्विज च्यालेन्ज–२०८२" अन्तर–विद्यालयस्तरीय प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।
वीरगंज पब्लिक कलेजको नयाँ भवन, पानीटंकीमा आयोजना गरिएको प्रतियोगितामा कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागीता रहेको क्विज मास्टर सुर्या बिकले जनाएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिका शिक्षा महाशाखाका प्रमुख आनन्द लामिछानेले विद्यार्थीहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्न यस्ता गतिविधिले महŒवपूर्ण भूमिका खेल्ने बताए।
प्रतियोगितामा पर्साका ११ विद्यालय सहभागी भएका थिए । विजेता विद्यालयहरूमा प्रथम ः एन्जल इंग्लिस बोर्डिङ स्कुल, द्वितीय ः विद्या सदन इंग्लिस बोर्डिङ स्कुल, तृतीय ः लर्ड बुद्ध स्कुल भएका छन् । विजेता विद्यार्थीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रम नेसनल प्याब्सन पर्सा जिल्ला समितिका अध्यक्ष रामकुमार श्रेष्ठ र महानगर समितिका नगर अध्यक्ष सोनालाल पटेलको संयुक्त अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया