neelambads

$show=home

बारामा ब्रेक फेल हुँदा यात्रुबाहक बस दुर्घटना,दुई जनाको मृत्यु

580

बारा, १५ असोज । बाराको चुरियामाई उकालोमा एक यात्रुबाहक बसको ब्रेक फेल भई दुई वटा मोटरसाइकललाई किच्दा बुधबार छ जना घाइते भएका छन्। घाइते मध्ये दुई जनाको मृत्यु भएको छ। दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिलिप थापाले जानकारी दिएका छन्।

मृत्यु हुनेमा ना १२ प ३३६० नं. को मोटरसाइकल चालक बारा फेटा गाउँपालिका  वडा नं.०१ भरवलिया गाउँ बस्ने मंकेश्वर पटेल रहेका छन्। उनको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ। उनलाई उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाईएको  बाटोमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै म.प्र. ०३–०२४ प ४४९५ नं. को मोटरसाइकल  पछाडी सवार पर्सा वीरगंज महानगरपालिका वडा नं. ३१ बस्ने  २७ वर्षीय कञ्चनकुमार पटेलको श्रीमती २६ वर्षीया कविता देविको मृत्यु भएको छ। उनको टाउको र शरिरको विभिन्न भागमा चोट लागेकोमा अवस्था गम्भीर रहेको थियो। उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयामा पठाईएको बाटोमा लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

म.प्र. ०३–०२४ प ४४९५ नं. को मोटरसाइकल चालक पर्सा वीरगंज महानगरपालिका वडा नं. ३१ बस्ने  २७ वर्षीय कञ्चनकुमार पटेल गम्भीर घाइते भएका छन्। उनको  शरिरको विभिन्न भागमा चोट लागेको छ। उनको उपचार  सहकारी अस्पताल मकवानपुरमा भईरहेको छ।

सोहि मोटरसाइकल  पछाडी पटेलको तीन वर्षीय  छोरा  आयुष पटेल गम्भीर घाइते भएका छन्। उनको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको छ।  उनको सहकारी अस्पताल मकवानपुरमा उपचार भईरहेको छ।

मोटरसाइकल  पछाडि सवार मंकेश्वर पटेलको  श्रीमति २२ वर्षीय कलिता देविको ढाँडमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ। निजको सहकारी अस्पताल मकवानपुरमा उपचार भईरहेको छ। मंकेश्वर पटेलकी २० महिनाकी छोरी  तानेया पटेलको टाउको र दुवै हात खुट्टामा चोट लागेको । उनको अवस्था सामान्य रहेको छ। उनको सहकारी अस्पताल मकवानपुरमा उपचार भई रहेको छ।

बाराको जितुपर सिमरा उपमहानगरपालिका वडा नं. २२ चुरियामाई मन्दिर नजिक पथलैया हेटौडा सडक खण्डको उकालोमा सो दुर्घटना भएको हो। जनकपुर बाट काठमाण्डौतर्फ जादै गरेको ना ७ ख ८५३७ नं. को यात्रुबाहक बसको अचानक ब्रेक फेलभई ब्याक भएको थियो। सोहि दिशातर्फ जादै गरेकोना १२ प ३३६० नं. को मोटरसाइकल र अर्को म.प्र. ०३–०२४ प ४४९५ नं. को मोटरसाइकल लाई उक्त बसले ठक्कर दिई किच्दा सो दुर्घटना भएको हो।

बस चालक सर्लाही लालबन्दी न.पा.३ बस्ने ४७ वर्षीय  बिश्वनाथ चौधरी ईलाका प्रहरी कार्यालय अमलेखगंजको नियन्त्रणमा आएको छ। सोही बस पछाडी रहेको म.प्र.०३–००१ ज ०६६२ न. को ईभि माईक्रो गाडीको अगाडी भागमा समान्य क्षति भएको जनाइएको छ। 

प्रतिक्रिया

neelambads

तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide

Name

about birgunj,3,accident,3,Article,1,blogger,1,business,7,crime,9,culture,2,Festival,5,fm,1,html,1,international,3,Job,1,main news,7,movie,3,nepal,7,news,554,Photo,1,politics,1,prateek-daily,1,preeti-to-unicode-auto-2022,1,sports,7,tech,3,unicode to preeti & preeti to unicode converter,1,unicode to preeti text converter-2022,1,video,9,
ltr
item
Birgunj-वीरगन्ज: बारामा ब्रेक फेल हुँदा यात्रुबाहक बस दुर्घटना,दुई जनाको मृत्यु
बारामा ब्रेक फेल हुँदा यात्रुबाहक बस दुर्घटना,दुई जनाको मृत्यु
https://blogger.googleusercontent.com/img/a/AVvXsEipxvCew8szbkFF18qrXsiMoym7jY6WRJwVJoXKxD1WIhgJS-3U5SXzgBYdjbKSY0ZsR-2vkvyqMvW9vYuqQPXYJLCVhOvB1EBdzkGUFwLVu4V9le8pv-fyEnj7pdZ6cdjAuPfbtqGi3wyfjM1LDbsrX3SL-d8c2SksVE_bilL8WNjr9s8ZKoxByi1zTNAH=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEipxvCew8szbkFF18qrXsiMoym7jY6WRJwVJoXKxD1WIhgJS-3U5SXzgBYdjbKSY0ZsR-2vkvyqMvW9vYuqQPXYJLCVhOvB1EBdzkGUFwLVu4V9le8pv-fyEnj7pdZ6cdjAuPfbtqGi3wyfjM1LDbsrX3SL-d8c2SksVE_bilL8WNjr9s8ZKoxByi1zTNAH=s72-c
Birgunj-वीरगन्ज
https://www.birgunj.eu.org/2025/10/blog-post.html
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/
https://www.birgunj.eu.org/2025/10/blog-post.html
true
6500956530975608366
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content