वीरगंज, १६ जेठ ।
वीरगंज फिडर नं. १ मा मर्मत सम्भारको कार्यको लागि शनिवार जेठ १७ गते वीरगंजका विभिन्न क्षेत्रमा केही समयका लागि विद्युत आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरण, वितरण केन्द्र वीरगंजले जनाएको छ ।
११ के.भी. डिस्कनेक्टिङ स्वीच जडान तथा तार रिटेन्सन (तारहरू पुनः कस्ने) कार्य गर्नुपर्ने आवश्यकताका कारण शनिवार बिहान ७ः०० बजे देखि १०ः०० बजे सम्म पावरहाउस, घण्टाघर, आदर्शनगर, लिंक रोड, भानुचौक, ब्रहम चौक, प्रतिमा चौक, गौतम स्कुल क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यसैगरी परवानीपुर ग्रिडबाट सञ्चालित ११ के.भी. वीरगंज फिडरमा हाँगाबिंगासँग लाइन छोइने, अनावश्यक रूपमा अवरोध सिर्जना हुने समस्या बढिरहेको हुँदा बुस कटिङ्ग (रूखका हाँगा काट्ने) र अन्य सुधारात्मक कार्यहरूका लागि शनिवार बिहान ११ः०० बजे देखि साँझ ६ः०० बजे सम्म लाइन बन्द रहने जनाइएको छ।
विद्युत वितरण केन्द्र वीरगंजले यस मर्मत कार्यपछि विद्युत लाइनमा हुने अनावश्यक अवरोध तथा समस्यामा कमी आउने जनाएको छ। साथै ग्राहकवर्गमा पर्ने असुविधाप्रति क्षमा माग्दै समयमै वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरेको छ ।

प्रतिक्रिया